धनगढीमा दुई लाख मुल्यको अबैध चिनी सहित दुई जना पक्राउ

धनगढी- कैलालीको धनगढीबाट दुई लाख मुल्यको अबैध चिनीसहित २ जना पक्राउ परेका छन् । सोमबारराति सशस्त्र प्रहरी बलको टोलीले दुई लाख मुल्यको अबैध सामानसहित दुई जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भित्र्याइएको दुई सय ५० किलो चिनी र चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीनवटा साइकल बरामद गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले चिनी तस्करीमा संलग्न धनगढी उहानगरपालिका–१८ का सुरज बिष्ट र २९ वर्षीय हरिष विकलाई पक्राउ गरेको छ ।

तस्करीमा संलग्न दुबै जनालाई कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । केही युवाहरुले हो–हल्ला गरी धरपकड गर्न खोजेको र हवाई फायर गर्न खोजेपछि मात्र नियन्त्रणमा लिन सकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Loading...