भीम रावललाई स्पष्टीकरण सोधेपछि अछाममा विरोध प्रदर्शन

अछाम- नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोधेपछि उनको गृहजिल्ला अछाममा एमालेको निर्णय विरुद्ध विरोध प्रदर्शन भएको छ । एमालेका नेता तथा कार्यकर्ताहरूले रावलको बचाउ गर्दै सोमबार विरोध प्रदर्शन गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

एमाले सचिवालय बैठकले नेता रावल पार्टीको नीतिविरुद्ध गएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । रावलका साथै सचिवलाय बैठकले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि स्पष्टीकरण सोधेका छ ।

Navadurga sun
Godawari sandesh

भाटभटेनीका मालिकले एमालेलाई पार्टी कार्यालय निर्माणका लागि अर्ब पर्ने जग्गा दिन गरेको विषयमा यी नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि एमालेले सचिवालय बैठकबाटै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोमबार अछाममा विरोध प्रदर्शनमा उत्रिएकाहरूले सो जग्गा फिर्ता गर्नसमेत माग गरेका छन् ।

Couple
Loading...