किसान बहुद्देश्यीय सहकारी संस्थाद्वारा शेयर सदस्यलाई सुविधा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न 

अत्तरिया- किसान बहुउद्देश्य सहकारी संस्थाले एक जना सेयर सदस्यको ऋण मिनाहा गरेको छ । सहकारीको अत्तरिया शाखाले गोदावरी १२ हलौडे गाउँ को केन्द्र नम्बर १५१७ ४ को २ मा बस्दै आएका एक जना सेयर सदस्य जानकी धामी को मृत्यु पश्चात कर्जा मिनाहा गरेको हो । 

सोमबार सुविधा वितरण तथा श्रद्धाञ्जली सभाको आयोजना गर्दै ऋण मिनाहा गरेको हो । गोदावरी नगरपालिका १२ का निजका श्रीमान गगन सिंह  धामीलाई ३ लाख ६ हजार ८ सय ६२ रुपैयाँको चेक  हस्तान्तरण गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

साथै निज सदस्यको १ लाख ८३ हजार ३३२ सावा रकम मिनाहा का साथै अन्य सुविधा पनि वितरण गरिएको थियो । सहकारीको अत्तरिया शाखा प्रमुख चक्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको सुविधा वितरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले उक्त चेक मृतकका श्रीमान गगन सिंह धामीलाई जम्मा रकम ३ लाख ६ हजार ८ सय ६२ को चेक हस्तान्तरण गरेका हुन् । 

पर्यावरण जोगाउनका लागि संस्थाको पनि भूमिका आवश्यक ठानेर किसान बहु उद्देश्य सहकारी संस्थाले मृतकको सम्झनामा एक थान लिची बिरुवा को वृक्षारोपण सो समारोहको आयोजना गरिएको थियो । गोदावरी नगरपालिका १२ का वडाध्यक्ष भीम बहादुर खड्काको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा  वडा अध्यक्ष कुँवरले संस्थाको प्रशंसा गर्दै तथा  उक्त काम एकदमै सराहनीय रहेको जानकारी गराएका थिए ।

संस्थाका अत्तरिया शाखा प्रमुख चक्र प्रसाद भण्डारीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वार्ड नं १२ का वडा सचिव लोक बहादुर कुँवर, संस्थाका कर्मचारी सुदीप थारु लगायत अन्य स्थानीय बुद्धिजीवी तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । 

Loading...