धनगढीबाट खैरो हेरोइन सहित ६ जना एकै दिन पक्राउ

धनगढी- कैलालीको धनगढीबाट खैरो हेरोइन सहित ६ जना एकैदिन पक्राउ परेका छन् ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी पक्राउ परेका हुन् । यी चार जनालाई २ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित फेला पारि प्रहरीले पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकार ३ सय ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ सद्‍भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरी पनि ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका हुन् । यी ६ जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Loading...