धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान

धनगढी- धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान गरिसकेको छ । उपमहानगरका बिभिन्न सडकहरुमा ‘हाइमास्ट’ लाइट जडान गरिएका छन् ।

हालसम्म यो अभियानअन्र्तगत त्रिनगर भन्सारदेखि ६ लेन सडकको गोदावरी नगरपालिकाको सिमानासम्म, हुलाकी सडक अन्तर्गत क्याम्पस चोक देखि मनेहरासम्म, धनगढी एयरपोर्ट चोक देखि एयरपोर्टसम्म, सहिदगेट देखि क्याम्पस चोकसम्म, कैलालीपुल देखि ट्राफिक चौराहसम्म, हसनपुर सडक लगायतका क्षेत्रमा सडक बत्ती जडान गरेर धनगढीलाई झिलीमिली बनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

साथै धनगढीको प्रवेशद्वार र भन्सार गेटमा फल्ड लाइट र स्ट्रिप लाइट तथा १४० ट्रि–गार्डमा समेत स्ट्रिप लाइट जडान गरिएको छ । स्ट्रिप लाइटमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने निलो, रातो र सेतो रंग प्रयोग गरिएको छ ।

Dadeldhura hospital

सम्म नगरक्षेत्रका ३० ठाउँमा हाइमास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याइसकेको छ । धनगढी उपमहानगरपालिकाका विद्युत ईन्जिनिर कृष्ण शाहका अनुसार धनगढीमा ३० स्थानमा हाइमास्ट लाइट, २४० वटा स्मार्टस्ट्रिट लाइट र ५ सय ६३ को संख्यामा स्ट्रिटलाइट जडान गरिएको छ ।

अब १९ वटै वडाको आर्थिक चहलपहल हुने स्थानको चोकहरुमा हाइमास्ट लाइट राख्न आवश्यक पहल चालिएको शाहले बताए । ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत ३० वटा स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ भने बाँकी स्थानमा पनि जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

मुख्य–मुख्य सडकहरुमा उच्च क्षमताका लाइटहरु जडान गरिएपछि कैलालीको धनगढी आइपुग्ने यात्रुहरुलाई सहज भएको छ । मुख्य सडकहरुमा लाइट जडान गरिएपछि रातको समयमा हुने चोरीका घटनामा समेत कमि आएको छ ।

यसका लागि धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान नै सञ्चालन गरेको छ । ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत रात्रिकालीन यात्रालाई सुरक्षित र सहज बनाउन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ ।

Loading...