गोदावरीमा रोजगारीका अवसर तथा चुनौती बारे रोजगारदाताहरूसंग अन्तरक्रिया

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा पछिल्लो समयमा देश व्यापी रूपमा युवाहरु बेरोजगार हुँदै गर्दा यस पालिका भित्र युवा पिँढीका लागि रोजगारीका अवसर तथा चुनौती बारे रोजगारदाताहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा र YARD Nepal को समन्वयमा संचालित कार्यक्रममा आगामी दिनमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने व्यवसायीले बताएका छन् । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको सभापतित्वमा संचालित कार्यक्रममा नगर उप – प्रमुख शारदा देवि रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, वडा अध्यक्षहरु, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, यार्ड नेपालका प्रतिनिधि, तथा रोजगारदाताहरूको उपस्थिति रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

यस पालिका अन्तर्गत विभिन्न विधामा रोजगार दिँदै गरेका व्यवसायी हरुले बढी मात्रामा बेरोजगार युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ , पालिकाले के कस्ता क्रियाकलापमा सहयोग गर्दा जनतामूखी क्रियाकलाप गर्न सकिन्छ भन्ने कुरामा छलफल केन्द्रिय रहेको छ ।

ग्रामीण क्षेत्रमा रोजगारीको अवसर नहुनाले र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउनाले आर्थिक अवस्था कमजोर हुनाले स्थानिय स्तर मा संचालित रोजगारी छोडेर वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । नेपाली वैदेशिक रोजगारमा शताब्दीयौँ देखि जाने गरेको इतिहास छ ।

केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ । शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी भएको तथ्य लगभग स्थापित भइसकेको छ ।

Dadeldhura hospital

वैदेशिक रोजगारको नाममा हुने मानव बेचबिखन र ठगी पनि हिजोआज निकै चर्चामा छ । म्यानपावर व्यवसाय सञ्चालन गर्नेले युवालाई विदेश पठाउने बहानामा आकर्षक कमाइको प्रलोभनले अलपत्र पार्ने जस्ता क्रियाकलाप धेरै हुने गरेको छ ।

संसारका विकसित देशहरूको इतिहास हेर्ने हो भने युवाहरूको श्रम र पसिनाबाट नै तिनले समृद्धि हासिल गरेका छन् । हामी भने युवालाई मुलुकबाहिर पठाएर समृद्धिको कुरा गरिरहेका छौँ ।

नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा बिदेसिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा बिदेसिने थिएनन् । हाम्रा गाउँ–बस्तीहरू युवाविहीन बन्दै गएका छन् । काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् ।

सरकारले युवा रोजगारीको नयाँ अवसरका लागि तत्काल कृषि र पर्यटनमा नै लगानी बढाउन आवश्यक छ । कृषिमा युवाको आकर्षण बढाउन व्यावसायिक कृषिमा जोड दिनु जरुरी छ । जसका लागि युवालाई ज्ञान, सीप, पुँजी र प्रविधि हस्तान्तरण गर्नुपर्छ ।

कृषि व्यवसाय सुरु गर्ने युवालाई राजस्व छुट दिने, कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने, कृषि बिमा तथा अनुदानको व्यवस्था गर्ने, विदेशबाट फर्केर आएका युवालाई सीपका आधारमा व्यवसायी कर्जा उपलब्ध गराउने, कर्जाको ब्याज मिनाहा गर्ने, कृषिमा अनुसन्धान गर्न चाहने युवालाई अध्ययन तथा अनुसन्धान रकम उपलब्ध गराउने गर्दा कृषि व्यवसायमा युवाको आकर्षण बढ्छ ।

त्यसैगरी, पर्यटन व्यवसाय पनि युवाका लागि अर्को विकल्प हुन सक्छ । पर्यटन गाइडका लागि तालिम, होमस्टेका लागि अनुदान सहयोग, साहसिक खेलहरूको प्रवर्द्धन, नयाँ पर्यटकीय गन्तव्यको खोजी, इको टुरिजममा जोड, पर्यटकका लागि सुरक्षित वातावरण निर्माणबाट ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।

गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा अत्तरिया उद्योग बाणिज्य संघ, होटेल व्यावसायी, निर्माण ब्यावसायी, एनप्यन,अटो मेकानिक पार्टस, दिव्या रोजिन, मैदा मिल, पेन्ट उद्योग, फेन्सी उघोग, पानी उद्योग, छापाखाना व्यवसायी, व्युटिपार्लर व्यवसायी, गार्मेन्ट ब्यावसायी, फर्निचर व्यवसायी, खाद्य उद्योगी, टेलरिङ ब्यावसायी, चेम्बर अफ कमर्स लगायतका ब्यावसायीहरुको उपस्थितिमा आगामी दिनमा कसरी बढी भन्दा बढी बेरोजगार युवाहरूलाई रोजगारी दिलाउने तर्फ योजना अगाढी सारेको जानकारी गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक रोहित प्रशाद जोशीले बताएका छन ।

Loading...