नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

Dadeldhura hospital

अत्तरिया- कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहोराले बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको बताए । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

Loading...