भीरबाट लडेर एक वृद्धको मृत्यु

Dadeldhura hospital

बाजुरा, ३० साउन- बाजुरमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीमा भिरबाट लडेर ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको हो ।

घर नजिकै घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका पण्डित बाटोमा चिप्लिएर भीरमा खसेको मृतकका आफन्त टङ्कराज पण्डितले बताएका छन । उनी भीरमा करिब १ मिटर तल खसेको बताईएको छ ।

Loading...