कञ्चनपुरको बेलौरीमा हात्तीको बथान बस्ती भित्र पस्न थालेपछि‍‍…

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा हात्तीको बथान बस्तीभित्र पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ । बेलौरी–लालझाडी क्षेत्रमा केहीदिनदेखि हात्तीको बथान देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो ।

Dadeldhura hospital

असोज १३ गते राति हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका–४ का ५० वर्षीय रामदल राना र असोज २२ गते राति बेलौरी–६ का २२ वर्षीय उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

Navadurga sun
Godawari sandesh

बेलौरीमा हाल स्थानीयलाई घुमफिर, मेलापात र राति हिँडडुल गर्न समस्या भएको छ । अहिले बेलौरी नगरपालिका–५ को जङ्गल छेउका मानव वस्तीहरूमा जङ्गली हात्तीको बथानले बालीनाली नोक्सान गर्ने, घरहरू भत्काउने लगायत गतिविधि गरिरहेको स्थानीय जयकिसन चौधरीले बताए ।

Loading...