डडेल्धुराकी आरती भट्टराईका हत्या आरोपित सार्वजनिक

डडेल्धुरा- डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय आरती भट्टराईको हत्यामा संकलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ।

Navadurga sun
Godawari sandesh

आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो। असोज २५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नआएपछि परिवारले खोजीकार्य गरेका थिए। त्यसपछि हिजो (शुक्रबार) प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको भएको खुलेको थियो ।

घटनास्थलबाट करिब २० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा टेकबहादुर भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

Couple
Loading...