



बाजुरा- बाजुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–५ मा अरिङ्गालले टोकेर ६५ वर्षीय अंगे बडुवालको मृत्यु भएको हो ।


साथै अरिङ्गालले टोकेर डम्म साउँद समेत घाइते भएको वडाअध्यक्ष धरमपाल मिजारले बताए । वडाअध्यक्ष मिजारका अनुसार अरिङ्गालले टोकेर घाइते भएका साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।





