धनगढी उपमहानगरद्वारा १ वर्षमा साढे ८ किलोमिटर सडक कालोपत्र

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले १ वर्षको अवधिमा ८ दशमलव ६ किलोमिटर सडक कालोपत्र गरेको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा ८ दशमलव ६ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ५ दशमलव ३ किलोमिटर सडक कालोपत्र गरेको थियो । धनगढीले १ आर्थिक वर्षमा १ सय २ दशमलव ८ किलोमिटर सडक ग्राभेल गरेको छ । उपमहानगरपालिकाको स्रोत साधनको प्रयोग गर्दै गत आर्थिक वर्षमा १ सय २ दशमलव ८ किलोमिटर सडक ग्राभेल गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडाका सडकहरू आफै ग्राभेल गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७९/०८० मा ५१ दशमलव ९ किलोमिटर सडक ग्राभेल गरिएको थियो ।

धनगढीमा नयाँ सडक कालोपत्र, ग्राभेलसँगै सडक मर्मतको कामसमेत हुने गरेको छ । गत वर्षमा धनगढी उपमहानगरपालिकाले २३ दशमलव ९ किलोमिटर सडक मर्मत गरेको छ । २०७९/०८० मा ३४ दशमलव ९ किलोमिटर कालोपत्र सडक स्तरोन्नति गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाले डुबान क्षेत्रमा आरसीसी सडकहरु समेत निर्माण गर्ने गरेको छ । २०७९/०८० मा शून्य दशमलव ९ किलोमिटर आरसीसी सडक निर्माण गरेको धनगढीले गत आर्थिक वर्षमा शून्य दशमलव ७७ किलोमिटर आरसीसी सडक निर्माण गरेको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिकाले सडक क्षेत्रको फुटपाथमा ब्लक राख्ने कामलाई समेत प्राथमिकता दिएको देखिएको छ । गत आर्थिक वर्षमा १ हजार दुई ५२ वर्गमिटरमा ब्लक राखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा शून्य दशमलव ६ वर्ग मिटरमा मात्र ब्लक राखिएको थियो ।

धनगढी उपमहानगरपालिकाले एक वर्षमा ७ दशमलव ६ किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा शून्य दशमलव ३ किलोमिटर मात्र पर्खाल निर्माण गरिएकोमा गत आर्थिक वर्षमा बढाइएको हो ।

उपमहानगरपालिकाले गत वर्ष २ दशमलव १ किलोमिटर नाली निर्माणको काम गरेको छ । उपमहानगरले आर्थिक वर्ष २०७९/०८० मा तीन किलोमिटर पक्की नाली निर्माण गरेको थियो । अघिल्लो वर्षमा ४४ वटा मन्दिर निर्माण गरेको धनगढी उपमहानगरपालिकाले गत वर्ष ३३ वटा मन्दिर तथा देउथानहरू निर्माण गरेको छ ।

धनगढी उपमहानगरपालिकाको वार्षिक प्रगति प्रतिवेदनमा गत वर्ष २०८०/०८१ मा तीन वटा पक्की पुलहरू निर्माण गरिएको उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षमा पक्की पुल निर्माण भएका छैनन् । गत वर्ष एक वटा वडा कार्यालयको भवन समेत निर्माण गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा चार शौचालय, दुई गौशालाका गार्ड घर, तीन सामुदायिक भवनहरू, दुई शव दाहस्थल, सार्वजनिक स्थानमा सात खाने पानीका धारा जडान, एक खेल मैदान, ६६ खानेपानीका नल्क जडान, नौ हजार तीन सय बिरुवा वृक्षारोपण, ५२ सिँचाई बोरिङ तथा मोटर जडान, ५७ स्मार्ट सडक बत्ती, १० दशमलव ६ किलोमिटर विद्युत् लाइन विस्तार, ६७ हजार वर्ग मिटर अतिक्रमण गरिएका ताल खाली, एक सय सात वटा विद्युत् पोल खरिद गरिएको छ ।

त्यस्तै धनगढी उपमहानगरपालिकाले २०८०/०८१ मा १४ दशमलव एक किलोमिटर साइकल लेन निर्माण, एक कृषि हाटबजार निर्माण, सात विद्यालय मर्मत, दुई आधारभूत स्वास्थ्य केन्द्र निर्माण, दुई सय ७८ वटा रोप लाइट जडान र दुई वटा प्रवेशद्वार निर्माण गरेको छ ।

Loading...