बैतडीमा ९ सय पशुको बलि

बैतडी- बैतडीमा ९ सय पशुको बली दिइएको छ । घटस्थापना देखि नवमीसम्म ९ सय पशुको बलि दिइएको हो । जिल्लाकै प्रशिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टममी मेलामा मात्रै ५१२ पशुको बली दिइएको छ ।

Ganyapdhura gau

दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवती मन्दिरमा ५१२ पशुको बली दिइएको हो । ३१७ राङ्गा र १९५ बोका गरी ५१२ पशुको बली दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ४१ राङ्गाको बली दिइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आज सम्म २ सय २० पशुको बली दिइएको छ । १ सय राङ्गा र १२० बोकाको बली दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले बताए ।

सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैन मन्दिरमा २१ पशुको बली दिइएको छ । बिहीबार राती १४ राङ्गा र ७ बोकाको गरी २१ पशुको बली दिइएको वडा नम्बर ५ का वडाअध्यक्ष केशवसिंह बिष्टले बताए । डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राङ्गा र ३५ वटा बोकाको बली दिइएको छ ।

डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राङ्गा र दुई बोका बली दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताए । डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्रा भरीमा १८ बोकाको बली दिइएको छ ।

Couple
Loading...