अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ७ को लालपुर शान्तिटोलमा दशैंको अवसरमा शुभकामना आदान प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा वडा न. ७ की वडा अध्यक्ष कलावती साउद लगायत स्थानीय जनप्रतिनिधि, राष्ट्रिय तथा स्थानीय कलाकार , बुद्दीजिबी, समाजसेवी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतित्व आशिर्वाद डान्स म्यूजिक क्लबका अध्यक्ष नरेश बहादुर दमाईले गरेका थिए ।



उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले भने संस्कृति सँगै संस्कारको जगेर्ना गर्दा आफ्ना सन्तती देखि अन्य समाजमा जनचेतना मूलक प्रभाव पर्ने बताएका छन ।
समय समयमा यस्ता संस्कृति उजागर हुने क्रियाकलाप गाउँठाउँमा हुनु पर्ने र स्थानीय सरकारले समेत सहयोग गर्ने बताएका छन । उपस्थित सबै तथा देश विदेशमा छरिएर रहेका नेपाली दाजुलाई तथा दिदी बहिनीहरूलाई दशैं तिहार र छठ पर्वको शुभकामना समेत व्यक्त गरेका छन ।
वृहत सांस्कृतिक कार्यक्रममा लोक देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) , देउडा गायक सुरेश चोखाल, कमेडियन निशान परियार र अन्य कलाकारले बेजोड प्रस्तुतीमा स्थानीयहरु रमाएको जानकारी कार्यक्रम संयोजक तथा व्यवस्थापन शान परियारले बताएका छन ।





