पत्रकारका भौतिक तथा पेशागत सुरक्षाबारे छलफल

Dadeldhura hospital

धनगढी- फ्री मिडिया नेटवर्कको आयोजना तथा मानव अधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन)को आर्थिक सहयोगमा विहीबार धनगढीमा पत्रकारका भौतिक तथा पेशागत सुरक्षाबारे सरोकारवाला निकायविच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विक को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँ संचारकर्मीहरु पत्रकार आंचारसहिताभित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘जब आंचारसहिताको उल्लंघन हुन्छ, तब थ्रेटका घटना बढछ,’ उहाँ भने–सत्यतथ्यमा आधारित सन्तुलित समाचार लेख्दा संचारकर्मी सधै सुरक्षित रहना सक्छन ।’
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह मुलुकमा अस्थिरता बढेको बेला पत्रकार जोखिममा परेको बताए । पछिल्लो समयमा अधिकारका आन्दोलन हुदा संचारकर्मी र मिडियामाथि आक्रमणको घटना पनि भएको उहाँले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारी प्रहरी मानव अधिकारको क्षेत्र सदैव सहयोग गर्न तयार रहेको बताए । ‘प्रहरी पनि संचारकर्मी जस्तै आम नागरिकलाई सेवा प्रदान गर्ने इकाई हो,’ उहाँले भने–‘कहि घटना हुँदा प्रहरी घटना स्थलमे पुगेर सेवा प्रदान गरी रहेको छ, प्रहरीको धर्म पनि हो ।’
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी स्थानीय संचारमाध्यमहरुले नकारात्मक समाचार मात्र नभई कसैले गरेको प्रगति तथा सकारात्मक समाचार प्रकाशन प्रसारण गरिदिन आग्रह गरेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बराल नगरपालिका संचारकर्मीको क्षमता अभिबृद्धिके लागि विगतको वर्षमा सहयोग गर्दै आएको बताए । उहाँले शहर केन्द्रीत नभई ग्रामीण क्षेत्रको मुद्दा संचारमाध्यम ल्याइदिन आग्रह गरेका थिए ।
वार एशोसियसन कैलालीका सचिव प्रेमबहादुर शाही संचारकर्मी आंचारसहितामा नबस्दा चुनौती आएको बताए । पत्रकार भोजराज जोशी संचारकर्मीउप्पर धम्की र आक्रमणका घटना बढेको भन्दै भौतिक तथा पेशागत सुरक्षामा सरोकारवाला निकायको ध्यान जाने पर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष जगत साउद सुदूरपश्चिम प्रदेशमा संचारकर्मी माथि धम्की, कुटपिटका घटना बढेको तर दोषीलाई कार्वाही नभएको बताए । उहाँले भने, पहिला मधेशतिर पत्रकारमाथि थ्रेट र कुटपिट हुन्थ्यो, अहिले सुदूरपश्चिमका विभिन्न संचारमाध्यम तथा संचारकर्मीमाथि आक्रमण भइरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रुपाश्री निरौला राष्ट्रिय मानव अधिकार आयोग सदैव मानव रक्षक भएर काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ कैलालीके अध्यक्ष हिमालय जोशी कोभिडबाट संचारक्षेत्रमा पारेको असर र यस क्षेत्रसँग जोरिएको प्रमुख चुनौती तथा पैरबीका लागि पहिचान भएका मुद्दाबारे जानकारी दिएका थिए । कैलालीमा २२ वटा पत्रिका, १० वटा साप्ताहिक पत्रिका, २७ वटा एफएम, २ वटा टिभी र दर्जनभन्दा बढी अनलाईन रहेकामा कोभिडका कारण यहाँका संचारमाध्यम तथा संचारकर्मीमा असर परेका बताए ।
मानव अधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन)का निराजन नेपाली कार्यक्रमको उद्देश्य तथा पहिचान भएको मुद्दाको विशिष्टीकरण गर्दै कार्ययोजनाको खाका माथि छलफल गराएका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ कैलाली सचिव प्रेम चौधरी र स्वागत कोषाध्यक्ष लक्ष्मी प्रसाद जैशीले गरेका थिए ।

Loading...