उद्योगपति रतन टाटाको निधन

उद्योगपति रतन टाटाको निधन

Ganyapdhura gau
Dadeldhura hospital

काठमाडौं । भारतका सुप्रशिद्ध उद्योगपति रतन टाटाको बुधबार राति निधन भएको छ। उनको गएराति मुम्बईस्थित एक अस्पतालमा निधन भएको टाटा सन्सका अध्यक्ष एन।चन्द्रशेखरनले विज्ञप्तिमार्फत् बताएका हुन्।

Navadurga sun
Godawari sandesh

उनी लामो समयदेखि अल्जाइमर्सको समस्या बेहोर्दै आएका थिए। २८ डिसेम्बर १९३७ मा जन्मिएका टाटाको ८६ वर्षको उमेरमा निधन भएको हो। भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले उनको निधनमा शोक व्यक्त गरेका छन्। राष्ट्रपति मुर्मुले टाटाको निधनबाट भारतले देशको निर्माणको आइकन गुमाएको बताएकी छन्।

यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई असाधारण व्यक्तित्वको संज्ञा दिएका छन्। ‘रतन टाटाजी दूरदर्शी, दयालु र एक असाधारण मानव थिए। उनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापार घरानालाई लामो समय नेतृत्व प्रदान गरे,’ मोदीले भनेका छन्। दिवंगत टाटालाई भारत सरकारले पद्म विभूषणबाट सम्मानित गरेको थियो।

Couple
Loading...