धनगढी उपमहानगरको आन्तरिक आम्दानीमा ५ करोड २० लाखले वृद्धि

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीको आन्तरिक आम्दानीमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि गत आर्थिक वर्ष २०८०/०८१ सम्मै उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि हुँदै गएको पाइएको छ । गत वर्ष मात्र उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा पाँच करोड २० लाखले वृद्धि भएको छ ।

१९ वटा वडा रहेको उपमहानरपालिकाले आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष आम्दानीमा गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लक्ष्य भन्दा चार प्रतिशतले बढी आम्दानी गरेको थियो। गत आर्थिक वर्ष ३३ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्ष २७ करोड ९२ लाख रुपैया आन्तरिक आम्दानी रहेको थियो ।

Navadurga sun

उपमहानगरपालिकाको चार आर्थिक वर्षको प्रतिवेदनअनुसार वर्षेनि आन्तरिक आम्दानीमा वृद्धि हुँदै गएको देखिएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा २० करोड, २०७८/०७९ मा २२ करोड १८ लाख, २०७९/०८० मा २७ करोड ९२ लाख र गत आर्थिक वर्ष २०८०/.०८१ मा ३३ करोड १२ लाख रुपैयाँ आन्तरिक आम्दानी गरिएको छ। करको दरभन्दा दायरा फराकिलो बन्दै गएपछि आम्दानीमा क्रमशः वृद्धि हुँदै गएको पाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...