सुदूरपश्चिम रोयल्स सोसियल एक्टिभिस्ट एम्बेसडरमा खनाल नियुक्त

धनगढी । सुदूरपश्चिम रोयल्सले केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Ganyapdhura gau

खनाल क्लिन काष्ठमण्डप सरसफाई अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छता अभियानमा स्थानिय निकायसँग सहकार्य गर्न खनाल सक्रिय छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शाहले भने, “सुदूरपश्चिम रोयल्सलाई जनस्तरमा परिचित गराउनका लागि सामाजिक अभियन्ता केपी खनालजीसँगको‌ सहकार्य प्रभावकारी हुने विश्वास लिएका छौँ।” आफू पनि सुदूरपश्चिमकै भएको सुदुरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी लागेको खनालले बताए ।

उनले भने, “सुदूरपश्चिम क्रिकेटका उर्वर भूमी हो । क्रिकेटको माध्यमबाट सुदूरपश्चिमलाई जनस्तरमा पुर्याउन म‌ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछु।” सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा हुन्।

त्यस्तै, ओलम्पियन दीपक विष्ट टोलीको ब्रान्ड एम्बेसडर छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते नेपाल प्रिमियर (एनपिएल) सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सले केही साता पछि आफ्नो तयारी सुरु गर्नेछ।

Couple
Loading...