कञ्चनपुर- जंगली हात्तीको आक्रमणमा परेर कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ ।


गएराति हात्तीको बथानको आक्रमणमा परेर बेलौरी नगरपालिका ६ का २२ वर्षीय युवक उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको बताए ।
चौधरीसहित गाँउकै दौतरी रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रमबाट घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि भागेका थिए ।
उमेश चौधरीले से ४ प ८६१८ नम्बरको मोटरसाइकल चलाएका थिए । ‘हिजो हराएका उमेशको शव आज बिहान जंगलमा फेला परेको जोशीले बताए ।