अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको किड्स जोनमा आयोजित सांस्कृतिक उत्सव सम्पन्न भएको छ । दसैँ तिहारको बिदा अघि किड्स जोनले असोज १८ गते देखी सांस्कृतिक उत्सव सुरु गरेको थियो ।


उत्सवको पहिलो दिन आज विद्यालयले सांस्कृतिक रङ्गमञ्च उद्घाटन समारोह सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक नृत्य र लोकगीत प्रदर्शन गरिएको थियो । त्यस्तै उत्सवको तेस्रोदिन ‘स्वादको यात्रा’ अन्तरगत नेपाली खाना प्रदर्शनी गरेको थियो ।



जस अन्तरगत नेपाली परम्परागत खानाको स्टल र प्रत्यक्ष खाना प्रदर्शन गरिएको विद्यालयका प्रिन्सिपल मदन जोशीले बताए ।
तेस्रो दिनको लागि तय गरिएको भेषभूषा पर्व अन्तरगत परम्परा र पहिचानसहित विद्यार्थी द्वारा सांस्कृतिक पोशाक परेड र प्रतियोगिता गरेको थियो भने उत्सवको चौथो दिन विविधता र एकता कार्यक्रम अन्तरगत नेपालका विभिन्न पर्वहरूको उत्सव, प्रदर्शन र सांस्कृतिक खेलहरूको आयोजना गरिएको थियो ।
त्यस्तै उत्सवको अन्तिम दिन अर्थात आज दशैं मेला र आकाशे चंगा महोत्सव अन्तरगत आयोजना गरिएको थियो । समापन समारोहमा चंगा उडाउने प्रतियोगिता र दशैं मेलाको आयोजना गरिएको थियो ।