कैलालीको अत्तरियामा हुने भनिएको प्रदर्शन बजारको व्यापारीहरूद्वारा विरोध

अत्तरिया- कैलालीको अत्तरियामा आजदेखि हुने भनिएको बिक्री, वितरण, प्रर्वद्धन र प्रदर्शनी बजारको व्यापारीहरूले विरोध गरेका छन् ।  बजारको नाउँमा अत्तरियाका व्यवसायीहरु माथि अन्याय गरेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

Dadeldhura hospital

नारा बमोजिमको सामान नराखेर सेलमा सामान राख्दा वर्षभरी कर तिरेर व्यापार गर्नेहरूलाई मार्का पर्ने अत्तरियाकी व्यवसायी दुर्गा कडायतले बताइन् ।

Godawari sandesh
Navadurga sun

सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू बिक्री, वितरण, प्रर्वद्धन र प्रदर्शनी बजारको आज बिहान साढे दश बजे नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्‌घाटन गर्ने कार्यक्रम थियोउनीहरूले गेट पनि भत्काएका छन् ।

नेपालीहरूको महान् पर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने, सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा असोज २२ गते देखि कार्तिक १७ गते सम्म प्रदर्शनी बजार लाग्दै थियो । विरोध पछि उक्त बजार स्थगित हुने सम्भावना बढेको छ ।

Loading...