
अत्तरिया- कैलालीको अत्तरियामा होटेल सत्कारले आफ्नै नब निर्मित भवनबाट सेवा शुरु गरेको छ । आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिका का नगर प्रमुख बिरेन्द्र भट्ट ले उक्त होटेल को सेवा आरम्भको उद्घाटन गरेका हुन ।


गोदावरी–२ मा रहेको उक्त होटेलमा १२ वटा डिलक्स रुमहरू रहेका छन् । झन्डै ३ करोड बढी को लगानीमा उक्त होटेल व्यवसायी धना चोखालले संचालनमा ल्याएकी हुन् । चोखाल होटेल व्यवसायी महासङ्घकी केन्द्रिय उपाध्यक्ष हुन । चोखाल संग विगत लामो समय देखिको होटेल संचालनको अनुभव समेत रहेको छ ।

