चार लाख बढीको अवैध सामान बरामद

धनगढी । सुदूरपश्चिमका ३ जिल्लाबाट ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ । आइतबार प्रहरीले कैलालीको धनगढी, कञ्चनपुरको दोधरा चाँदनी, भीमदत्त नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकाबाट अवैध सामान बरामद गरेको हो ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका – २ ट्राफिक चोक र धनगढी उपमहानगरपालिका – ३ बोराडाडी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सोडा, प्याज, साडी, स्याम्पु, दाँत माझ्ने ब्रस, टिसट, जुता लगायतका ४३ हजार ६३० रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Godawari sandesh
Navadurga sun

यस्तै भीदत्त नगरपालिका – १० जिमुवा र दोधारा चाँदनी नगरपालिका – १ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख २४ हजार २४० रुपैयाँ बराबरको सुट, ब्लाङ्केट, कपडा, हाडवेयर,काजु,बदाम, बिडी, सुर्ती,जोली चकलेट लगायतका सामानहरु बरामद गरिएको छ ।

डडेल्धुराको पर्शुराम नगरपालिका – ६ वांघाट स्थित जंगलमा भारतबाट भन्सार छलि गरि ल्याएका अटो पार्ट्सका समान र बिडीं लगायतका २ लाख ६४ हजार ५३१ रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

Loading...