चरेससहित दुई जना पक्राउ

धनगढी । कैलालीमा चरेससहित २ जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट चरेससहित घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय अर्जुन बिक र गौरिगंगा नगरपालिका–७ की २६ वर्षीया निशा चौधरी पक्राउ परेका हुन।

Dadeldhura hospital

बौनिया बजारमा सवारी चेक–जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंकालागि चेकजाँच गर्दा निशाको साथबाट लागूऔषध (चरेश) बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Godawari sandesh
Navadurga sun

२० दश्मलव ५० ग्राम तौल भएको चरेससहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Loading...