
धनगढी- धनगढीको दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान गरिएको छ ।


धनगढी उपमहानगरपालिका–१६ र १८ मा रहेको गौशालामा घाँस काट्ने विद्युतीय मेसिन र गौशालामा गाईबस्तुका लागि पराल, घाँस र भुसा बोक्न ठेला गाडीसमेत हस्तान्तरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । उक्त सामग्री नगरपालिकाको पशु शाखाले गौशालालाई शनिबार हस्तान्तरण गरेको हो ।

