कञ्चनपुरको कृष्णपुरमा बृहत् वृक्षरोपण, ​​​​​​​स्थानीय आम्दानीका कार्यक्रममा जोडः नगर प्रमुख ‍ओझा

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा फलफूल खेती गरिएको छ । कृष्णपुर नगरपालिका १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा फलफूल खेती गरिएको हो ।

Ganyapdhura gau

स्थानीय सरकारले मल्टिप्रपोज उद्देश्यका साथ चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफूल लगायतका बिरुवा रोपिएका छन । कृष्णपुर स्थानीय सरकारले उक्त सामुदायिक वनको क्षेत्रभित्र बेलदेखि चिउरी खेती गरेको छ । 

Navadurga sun

वन पर्यावरण संरक्षणका साथै स्थानीयहरुलाई रोजगारीका कार्यक्रममा जोड्नका लागि सामुदायिक वनमा फलफूल खेतीको योजना ल्याएको बताए । मेयर ओझाले फलफुलका लागि सम्भावना रहेको उक्त सामुदायिक वनमा निःशुल्क बिरुवा वितरण गरिएको कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले बताए । ‘हामीले वाणी सव डिभिजन वन कार्यालय मार्फत नर्सरी बनाएर उत्पादन गरेका फलफूलका बिरुवा ऐश्वर्य सामुदायिक वनलाई वितरण गरेका थियौँ, त्यतिमात्रै होइन, बृक्षारोपणमा पनि सघाएका हौँ ।’

उक्त सामुदायिक वनमा २० हजार बेलका बिरुवा, २ हजार ५ सय चिउरी, ७ हजार दालचिनी, १० हजार कागती, अमलाका साथै नेपियर घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको नगर प्रमुख ओझाले बताए । ‘नगरको दोमिल्ला उत्तरी चुरे भेग मह पकेट क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो, ‘मेयर ओझाले भने, ‘हामीले त्यहाँ अहिले २५सय बिरुवा रोपेका छौँ, भावि दिनमा मह र अन्य जनावरका लागि समेत आहारा उत्पादन हुनेछ।’

Dadhaldhura pur

दोमिल्ला क्षेत्र जंगली हात्ती प्रभावित भएकाले बेतबाँसबेलखेती गरिएको नगर प्रमुख ओझाले बताए । ‘स्थानीयलाई भावि दिनमा स्वदेशमै रोजगारी उद्यमका लागि पनि बेलखेती महत्वपूर्ण छ, ‘बेलबाट जुस सहित उपभोगका लागि सहज उपलब्ध हुनेछ ।’ खानाका परिकारमा हाल्नका लागि दानचिनीका बिरुवा समेत रोपिएका छन । कृष्णपुर नगरपालिका ५ गुलरियाको हरियाली सामुदायिक वनमा समेत २० हजार बेतबाँसका बिरुवा रोपिएका छन ।

वडा नं. ५ मै रहेको आयुर्वेद अस्पतालका लागि तिर्थराज चुर्ण बनाउन र्हरोबर्रो, अमलाको समेत समेत गरिएको बताए । नगर प्रमुख ओझाले कृष्णपुर नगरपालिकालाई फलफुल देखि विभिन्न मौलिक जडिबुटी उत्पादन गरेर एकातिर पर्यावरण स्वच्छ राख्ने अर्कातिर स्थानीय आम्दानीका कार्यक्रममा जोड्ने उद्देश्य रहेको बताए ।

ऐश्वर्य सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले पालिकाबाट निःशुल्क पाइएका बेल, कागती, अमला, बेदबाँस, चिउरी, दालचिनी, लगायतका बिरुवा झण्डै ६० हेक्टर जमिनमा उत्पादन गरिएको बताए । ‘हामीले झाँडी सफाई गरेर बिरुवा रोपेका छौँ, ‘उनले भने, ‘सबै बिरुवाको संरक्षण गर्दै भावि दिनमा पर्यावरणका साथै आम्दानी वृद्धिका कार्यक्रममा उपभोग गछौँ ।’

ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईन्द्र बुढाले स्थानीय कृष्णपुर सरकारले आफ्नो सामुदायिक वन भित्र फलफूलका बिरुवा रोपेर वन संरक्षणका साथै उपभोक्ताको आम्दानीका लागि ल्याएको योजनाले स्थानीय लाभान्वित हुने बताए । ‘वन भित्र लगाएको चिउरीले मौरीपालन देखि जुस व्यवसायका लागि प्रत्यक्ष लाभ हुनेछ, ‘अध्यक्ष बुढाले भने, ‘पालिकाले ल्याएको योजनाले सामुदायिक वनबाट बहुपयोगी लाभ यसरी नै लिन सकिन्छ ।’ अध्यक्ष बुढाले पालिका सरकारले लगाएका बिरुवाको संरक्षण प्रर्वद्धन गर्ने बताए ।

कृष्णपुर स्थानीय सरकारले समेत पर्यावरण संरक्षणका साथै नगरवासी जनताको आर्यआर्जनका थप प्रभावकारी कार्यान्वयन ल्याउने प्रतिज्ञा गरेको छ ।

स्थानीय सरकारको उक्त योजनाप्रति स्थानीय नागरिक समेत खुसी देखिएका छन । स्थानीय रतनलाल धामीले स्थानीय सरकारले सामुदायिक वनमा ल्याएको फलफूलखेती योजनाले पर्यावरण देखि व्यवसाय वृद्धिका कार्यक्रममा टेवा पुग्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...