शिवशंकर फुटसलको उपाधि बगैचा रिसोर्टलाई

धनगढी- विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर धनगढीमा गरिएको शिवशंकर विजनेश प्रा.लि. खुल्ला फुटसल प्रतियोगिताको उपाधि बगैचा रिसोर्टले हात पारेको छ । १५ टिम सहभागी भएको प्रतियोगितामा बगैचा रिसोर्टले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार जित्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा द्वितीय भएको चण्डेश्वरी युवा क्लबले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । कार्यक्रमको समापनमा बोल्दै धनगढी–४ की वडा सदस्य तथा प्रमुख अतिथि माया भण्डारीले खेलकुदले मनोरञ्जनका साथै स्वास्थ्य क्षेत्रमा पनि सहयोग पुग्ने बताइन् ।

Navadurga sun

कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै श्री केदार टूर एण्ड ट्राभल्सका अध्यक्ष नवीन रावलले युवाहरुलाई खेलकुदमा आकर्षित गर्न सकेमा उनीहरुलाई कूलतबाट पनि बचाउन सकिने धारणा राखे ।

उनले भने,‘युवाहरुलाई कूलतबाट जोगाउन तथा स्वस्थ भएर जिवन जिउनका लागि खेलकुदमा लगानी गर्नु जरुरी छ । यसका लागि स्थानीय तहले पनि युवा र खेलकुद क्षेत्रमा विशेष लगानी लगाउन सुझाव दिन्छु ।’ समापन कार्यक्रममा वेष्ट किपर प्रत्युस कार्की, वेष्ट प्लियर सुशील विक र टोकन अफ ल मा सोनु भट्टराईलाई छनोट गरिएको थियो ।

प्रतियोगिताका संयोजक प्रिन्स स्वाँरको अध्यक्षतामा समापन भएको कार्यक्रममा नेपाल तरुण दलका कैलाली अध्यक्ष निराजन खड्का, श्री केदार टूर एण्ड ट्राभल्सका अध्यक्ष नवीन रावल, सामाजिक व्यक्तित्व लोकेश रोकाया लगायतको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...