अत्तरिया- गोदावरी नगरपालिका अत्तरियामा सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू विक्री वितरण, प्रवर्द्धन र प्रदर्शनी बजार लाग्ने भएको छ ।


हिन्दुहरुको महान् चाडपर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा बजार लाग्ने भएको हो ।



शनिबार आयोजकले पत्रकार सम्मेलन गरी यही असोज २२ गते देखि कार्तिक १७ गते सम्म उक्त बिक्री वितरण, प्रवर्द्धन र प्रदर्शनी बजार लाग्न गइरहेको जनाएको छ ।
सुदूरपश्चिमका वस्तुहरू उत्पादन भएका जे–जे हामिले देखेका पाएका वस्तुहरूलाई बजारमा ल्याउने उद्देश्यले बजार मेला कार्यक्रम आयोजना गर्न गइरहेको आयोजकले जनाएको छ ।
प्रदर्शनी बजारमा सुदूरपश्चिमका भरिका विभिन्न उत्पादित खाने लगाउने लगायतका वस्तुहरू राखिने छ । उक्त बजारमा स्टल निःशुल्क गरिने आयोजकले जनाएको छ ।