धनगढी- सुदूरपश्चिममा भन्सार छल्ने ३ जना सशस्त्र प्रहरी बल नेपालका कर्मचारी कारबाहीमा परेका छन् । भन्सार नतिरी सामान ल्याउन खोज्ने ३ जना सशस्त्र प्रहरीहरु कारबाहीमा परेका हुन् ।


उनीहरूमाथि अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप छ । उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत थिए ।

कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवर रहेका छन् । उनीहरूलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको जनाएको छ ।
उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको छ । यस्तै उनीहरूलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको जनाएको छ ।
