कैलालीको अत्तरियामा आयो न्यू सस्तो वेवी सप सञ्चालनमा

अत्तरिया- कैलालीको अत्तरियामा न्यू सस्तो वेवी सप फेन्सी पसल सञ्चालनमा आएको छ । शुक्रबार गोदावरी नगरपालिका–२ को सिटी सिटी सेन्टरको पहिलो तलामा नयाँ व्यवस्थापनका साथ ठाउँ परिवर्तन गरी उक्त फेन्सी पसल सञ्चालनमा आएको हो ।

Dadeldhura hospital

उक्त पसलको अत्तरिया उद्योग वाणिज्य संघका सचिव तथा पसल संचालक दिपिन कुमार साउदले रिवन काटी उद्‌घाटन गरेका हुन ।

Godawari sandesh
Navadurga sun

३० लाखको हाराहारीमा न्यू सस्तो वेवी सप सञ्चालनमा ल्याएको सञ्चालक दिपिन कुमार साउदले जानकारी दिए । यस भन्दा पहिलो अत्तरिया चौक नजिकै रहेको र अहिले सिटी सेन्टरको पहिलो तलामा सारेको जानकारी दिए । उनले आफुले पुरानै व्यवसाय अंगाले पनि आउने पिढिहरुको सहजताका लागि व्यवसाय थप गरिएको बताए ।

संचालक साउदले भने, ‘समाजको आवश्यकतालाई मध्यनजर गरी समय सुहाउँदो व्यवसायका रुपमा फेन्सी पसल सञ्चालन गरिएको छ ।’

Loading...