कैलाली- कैलालीको गौरीगंगा नगरपालिकाका बाढि पिडित,बिपन्न परिवारहरुलाई खाद्यान्न बितरण गरिएको छ । अमेरिका निवासी जयन्ति थापाको सहयोगमा सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरको पहलमा उक्त खाद्यान्न बितरण गरिएको हो ।


सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले कैलाली आर्थिक अबस्था नाजुक भएका गौरीगंगा बिभिन्न शिबिरमा बसोबास गर्ने अपाङ्ग एकल महिला र बृद,बृद्धाहरुलाई आउदै गरेको बिजया दशमी पुर्व सन्ध्यामा थोरै भएपनि १० परिवारलाइ चामल,दाल,नुन,तेल,साबुन लगायतको खाद्यान्न सामाग्री बितरण गरिएको बताउनुभयो ।

थुपै्र दिनदुखीहरुका सहारा बन्दै आउनु भएको अमेरिका निवासी समाजसेवि जयन्ति थापाको सहयोग र सामाजिक अभियान्ता लक्ष्मि बोगटी कुँवरको पहलमा शुक्रबार उक्त खाद्यान्न गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर कुवँरको रहोवरमा हस्तान्तरण गरिएको हो ।
