वेदकोटमा दोस्रो संस्करणको मेयर कप पुरुष फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा दोस्रो संस्करणको मेयर कप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । वेदकोट नगर खेलकुद समितिको आयोजनामा बिहीबार देखि सञ्चालन गरिएको हो । 

उक्त प्रतियोगिताको उद्‌घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो भने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो ।

Navadurga sun
Godawari sandesh

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने द्वितीय पुरस्कार २५ हजार रुपैयाँ नगर सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा वेदकोटका ८ वडाका ९ टिम सहभागी भएका छन् ।

Dadeldhura hospital

नगर भित्रका फुटबल खेलाडीहरूको पहिचान गरी नगर स्तरीय टिम तयार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले बताए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक सहित विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

त्यसैगरी आयोजक समितिका सदस्य राकेश बहादुर चन्दले खेलकुदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउने मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वेदकोट नगरपालिका भित्रका नयाँ नयाँ फुटबल खेलाडीहरूको पहिचान गरी नगरको टिम निर्माण गर्न यो प्रतियोगिताले सहयोग गर्ने बताएका छन् । साथै नगर र राष्ट्रका लागि योगदान पुर्‍याउन सक्ने युवालाई अगाडि ल्याउन प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बोहराले बताए ।

नगर प्रमुख बोहराले वेदकोट नगर खेलकुद विकास समितिलाई नगरभित्र प्रतियोगिताहरू आयोजना गर्न यो वर्ष ५ लाख रुपैयाँ रकम प्रदान गरिएको जानकारी दिएका छन् । आयोजक समितिका सदस्य राकेश बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, ओलम्पियन डम्बर दत्त भट्ट लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

त्यसैगरी आज भएको उद्‌घाटन खेलमा वेदकोट नगरपालिका-९ ले वेदकोट नगरपालिका १० लाई २-० ले हराएको छ । भोलि (शुक्रबार) बिहान ८ बजे देखि खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।

Loading...