अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १० को कालिका टोलमा नव निर्मित मन्दिरको समुद्घाटन भएको छ ।
गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा नव निर्मित मन्दिरलाई गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन । गोदावरी नगरपालिकाको ८ लाखमा मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष महादेव कामीले जानकारी दिए ।


मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले भने, ‘विभिन्न समुदायको आ–आफ्नै धर्म संस्कृतिहरू छन् यिनिहरुको संरक्षण र जगेर्ना गरी धार्मिक सहिष्णुता समाजमा कायम राख्नु पर्ने बताएका छन ।
‘नगरप्रमुख भट्टले भने पालिकामा मन्दिर बन्नु राम्रो काम भएको भन्दै यस्ता रचनात्मक कामले धार्मिक आस्था वृद्धि हुने वताउनु भयो । उहाँले पालिकाले पनि यस्ता धार्मिक मठ मन्दिरलाई महत्वका साथ हेरको भन्दै आगामी दिनमा यो प्रकारका क्रियाकलापका लागि पालिकाले पनि लगानी गर्दै गरेको वताएका छन ।
मन्दिर उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा न. १० का वडा अध्यक्ष रबिन्द्र शाही’गुड्डु’ले भने, हिन्दु धर्ममा आस्थावान हामी सबैले धर्म सँगै कर्ममा विश्वास गर्ने भएकाले पहिचान र पर्यटन विकासका लागि मन्दिरको निर्माण गरिएको बताएका छन ।
मन्दिर उद्घाटन कार्यक्रममा वोल्दै स्थानीय गंगाराम कामी भने गाउँमै मन्दिर निर्माण भएपछि सवैलाई सुबिधा भएको भन्दै मन्दिरको थप ब्यवस्थापनका लागि आफुले पनि ब्यक्तिगत सहयोग गर्ने बताउनुभयो । सो अवसरमा मन्दिरमा राखिएको शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरि सोहि दिन देखि नित्यपुजाआजा समेत सूरु गरिएको छ ।
मन्दिर उद्घाटन कार्यक्रममा राजनितिकदल, स्थानिय जनप्रतिनिधि, स्थानिय समाजसेवी, बुद्दीजिवी लगायत स्थानिय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
