स्वर्गीय कलाकार बोगटीको स्मृतिमा शोक सभा

अत्तरिया- डेउडा प्रतिष्ठानका अध्यक्ष स्वर्गीय दलबहादुर बोगटीको १५ औँ दिनको पुण्य तिथिका अवसरमा बिहीबार धनगढीमा शोक सभाको आयोजना गरिएको छ ।

शोक सभामा प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम प्रमुख अतिथि थिए भने सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी विशिष्ट अतिथि रहेका थिए ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

शोक सभामा अर्थ राज्यमन्त्री बमले स्वर्गीय बोगटीले कला संस्कृतिका क्षेत्रमा पु-याएको योगदानको स्मरण गर्दे श्रद्धा सुमन व्यक्त गरे ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले स्वर्गीय दलबहादुर बोगटीको निधनले यस क्षेत्रको कला संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । उनले डेउडालाई जीवन्त राख्न स्वर्गीय बोगटीको उच्च भूमिका रहेको बताउँदै उहाँको कीर्तित्व जीवित राख्न अक्षयकोष स्थापना गर्न प्रतिष्ठानले सहयोग गर्ने बताए ।

देउडा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुरत रावत डोटेली कान्छाको सभापतित्वमा भएको शोक तथा श्रद्धाञ्जली सभामा वरिष्ठ कलाकार पदम धामी, भक्तराज जोशी, उप प्राध्यापक बलराम भट्ट, कलाकार प्रेम विवश चन्द लगायतले स्वर्गीय बोगटीको व्यक्तित्वको चर्चा गर्दे श्रद्धा सुमन व्यक्त गरे ।

Loading...