सुदूरपश्चिमका पहाडी जिल्लामा खर काट्ने चटारो

सन्तोष पाण्डेय / बैतडी- सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा खर (गाजो) काट्ने चटारो बढेको छ । खर काट्न खास गरेर महिलाहरू व्यस्त देखिने गरेका छन् ।

Ganyapdhura gau

हाल काटेर राखेको खरलाई हिउँदमा गाईभैँसीलाई खुवाइने र हिउँदको समयमा गाईबस्तुका लागि आहाराको कमी हुने भएकोले खर काटेर राख्ने बैतडी कि शान्ति भट्ट ले बताउनुभएको छ।

Navadurga sun
Dadhaldhura pur

किसानहरू अन्नबाली भित्र्याउने र गहुँ छर्नका लागि खेतबारी खनजोत कार्यमा  व्यस्त भएका छन । असारमा रोपेका धान, भटमास , गहत , कोदो लगायतका अन्नबाली भित्र्याउन सुदूरपश्चिम का पहाडी जिल्लाका किसानहरूलाई धौ धौ परेको छ ।

महिलाहरू खर (गाजो) काट्न जादा कतिपय ठाउँमा भिर भएकाले हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने गरेकोले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेको डडेल्धुरा कि सपना भाट ले बताएकी  छन्।

गाउँघरमा दशैको रौनक संगै खर काट्ने चटारो समेत बढेको स्थानीयहरुले बताएका छन् । बर्षाले केही ठाउँमा काटेको खर र धानबाली मा नोक्सानी पुगेको छ । गाउँ घरमा दशै, नवरात्र र तिहारको लागि देश तथा बिदेश मा गएका मान्छेहरु पनि घर आउने क्रम शुरु भएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...