एनपिएल अक्सनका लागि १४२ खेलाडी छनोट

काठमाडौँ । नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै अक्सनका लागि नेपाली खेलाडी सार्वजनिक गरेको छ। क्यानको आयोजनामा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल हुनेछ। सोही पहिलो संस्करणका लागि क्यानले तयारीमा तीव्रता दिँदै आगामी असोज २० गते अक्सन गर्दै छ।

Navadurga sun

क्यानले एनपिएलका लागि गत असोज ५ देखि १२ गतेसम्म दर्ता खुला गरेको थियो। दर्ता भएका ४२६ खेलाडीबाट १४२ खेलाडी छनोट गरेको क्यानले जनाएको छ।

नेपाल प्रिमियर लिग तयारी समितिले अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ मा ३८ र ग्रेड ‘सी’ मा ७७ खेलाडी समावेश गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन्।

सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...