सुदूरपश्चिममा चाडपर्वमा बजारमा सहज र गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन रास्वपाको माग

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशमा दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा बजारमा आपूर्ति व्यवस्था सहज बनाउन माग गरेको छ । रास्वपा सुदूरपश्चिम प्रदेश समितिले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशिघ्र प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

प्रदेशका महामन्त्री सन्तोष राज जोशीले बुझाएको ज्ञापनपत्रमा व्यवसायीलाई समेत आतंकति नबनाएर समन्वयात्मक भूमिकामा रहेर आपूर्ति व्यवस्था सहज गर्दै उपभोक्ताको उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग गरेको हो ।

Navadurga sun

ध्यानाकर्षण पत्रमा चाडपर्व नजिकिदै जान थालेपछि दैनिक उपभोग्य सामानको अनावश्यक संचय गरेर कृतिम अभाव सिर्जना गर्ने, कालो बजारीले प्रचय पाएको, भ्रमपूर्ण मूल्य सिर्जना गरि उपभोक्तालाई झुक्याउने कार्य गरिएको, मूल्यबृद्धि जस्ता समस्या बजारमा देखिएको समेत उल्लेख गरिएको छ ।

यी जनगुनासालाई ध्यानमा राखेर गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक हकको संरक्षण गर्दै गुणस्तरीय वस्तु र सेवाको सहज उपलब्धता हुने व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...