धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन् ।



बुधवार राति साढे २ बजेको समयमा धनगढी उपमहानगरपालिका–१९ को धामी चोकमा हसुलिया जाँदै गरेको ०१०१२ प ५५१८ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।


दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मापसे गरेको अवस्थामा मोटरसाइकल चलाइरहेको अवस्थामा अनियन्त्रित भएर दुर्घटना भएको थियो । बेहोस् अवस्थामा उद्दार गरिएका उनको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।