गोदावरीमा डेज फर गर्ल्सको प्रोजेक्ट समापन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा डेज फर गर्ल्सको परियोजना (प्रोजेक्ट) समापन भएको छ । महिनावारी चक्र तथा पुनः प्रयोग गर्न मिल्ने,वाटर प्रुफ कपडाको प्याड प्रयोगको सहि तरिकाका बारेमा गोदावरीको वडा नम्बर ५,६,८,११ र १२ मा सन् २०२१ देखी विभिन्न कार्यक्रम गर्दै आईरहेको उत्त गैर सरकारी संस्थाको प्रोजेक्ट मे २०२४ मा समापन भएको थियो । संस्थाले आज अत्तरियामा समापन तथा धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले छाउपडी कुप्रथका बारेमा सचेतना फैलाउन डेज फर गल्सले महत्वपुर्ण भुमीका निर्वाह गरेको बताए । उनले छाउपडी कुप्रथा र सेनेटरी प्याडको प्रयोगबारे संस्थाले महिला तथा किशोरीहरुलाई अभमुखीकरण गरेको भन्दै सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नु सबैको कर्तव्य भएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले महिनावारी भएको समयमा गुणस्तरीय प्याड प्रयोग गर्नुपर्ने भन्दै डेज फर गल्सले उत्पादन गर्दै आएको प्याड त्यसका लागि उपयुत्त भएको बताए ।

महिनावारी भएको समयमा महिलाहरु सुरक्षीत रहनुपर्ने नगर उप प्रमुख शारदा देवी रोकायोले बताइन् । उनले डेज फर गल्सले महिला तथा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड समेत निशुल्क उपलब्ध गराएको भन्दै महिनावारी संस्थालाई धन्यवाद व्यत्त गरिन् ।

महिनावारी भएका बेला कहिँकतै छुनुहुन्न भन्ने लगायतका भ्रम चिर्न संस्थाले महत्वपुर्ण भुमीका खेलेको उनले बताईन् । उनले विभिन्न चुनौतीका बावजुत पनि कार्यक्रम लागू गरेको भन्दै कार्यक्रम सञ्चालन भएका वडाहरुमा राम्रो प्रभाव देखिएको बताईन्

त्यस्तै समापन तथा धन्यवाद कार्यक्रममा आफ्नो भनाई राख्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा विष्टले समाजको विकासका लागि यस्ता संघ संस्थाहरु महत्वपुर्ण भएको बताईन्

उनले पछील्लो समय महिनावारी भएका महिलाहरुलाई केहि सहज वातावरण भएपनि कतिपय ठाउँहरुमा अझै नाजुक अवस्था रहेको बताईन् । विभिन्न विकट ठाउँहरुमा अझैपनि छाउगोठ रहेको र कपडाको वाटरप्रूफ,सेनेटरी प्याडको बारेमा कुनै ज्ञान नै नभएको अवस्था पनि रहेको विष्टले बताईन्

सकेसम्म गोदावरीमा यहि कार्यक्रमलाई फेरी पनि अर्को पटक निरन्तरता दिन आग्रह गर्दै उनले डेज फर गल्सले वितरण गरेको प्याड वातावरण मैत्री समेत रहेको बताईन् । समापन कार्यक्रममा बोल्दै डेज फर गल्सकी कार्यकारी निर्देशक माया खाइतुले सुरुका दिनमा काम गर्न निकै चुनौती सिर्जना भएपनि जनप्रतिनिधि,स्वयमसेविका र सामाजिक अगुवा महिलाहरुको सहजीकरणले आफुहरुलाई सहज भएको बताईन्

उनले प्रोजेक्टबाट महिनावारी चक्र,महिनावारीहुँदा सरसरफाइ गर्ने तरीका,सेनेटरी प्याड प्रयोग गर्ने तरीका लगायतका बारेमा गोदावरीका ५ ओटा वडामा सन् २०२१ देखी अभियान सञ्चालन गरिएको बताईन् । उनले यस कार्यक्रमबाट करिब दुई हजार पाँच सय जना लाभान्वित भएको बताईन् । त्यहि सङ्ख्यामा कपडाको वाटरप्रूफ, सेनेटरी प्याड पनि निशुल्क वितरण गरिएको उनले बताईन्

आफुहरुले उत्पादन र वितरण गर्दै आईरहेको प्याड,पुनः प्रयोग गर्न मिल्ने,सहज र वातावरण मैत्री भएको उनको भनाई छ । यसले महिलालाई आर्थिक समेत घटाउने धोएर पुनःप्रयोग गर्न मिल्ने प्याडको प्रयोग व्यावहारिक हुने कार्यकारी निर्देशक खाइतुको भनाइ छ । गोदावरीपछी अहिले उक्त कार्यक्रम कैलालीकै मोहन्याल गाउँपालिकामा लागू भएको खाइतुुले बताएकी छिन् ।

Loading...