दार्चुलामा सडक खन्ने क्रममा घाइते भएका मजदुरको मृत्यु

दार्चुला- नेपाली सेनाद्वारा निर्माण भइरहेको तिंकर सडकमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ ।सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षीय धनप्रसाद डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार डाँगीलाई उपचारका लागि खलंगा ल्याउने क्रममा सोमबार राति सुन्सेरा क्षेत्रमा पुग्दा उनको मृत्यु भएको हो ।

Godawari sandesh
Navadurga sun

दार्चुला–तिंकर सडकखण्डअन्तर्गतको व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा माथिबाट आएको ढुङ्गा लागेर ती मजदुर घाइते भएका थिए । दिउँसो २ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट खसेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।

Loading...