कञ्चनपुरका बिभिन्न स्थानबाट झन्डै ४ लाखका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरका बिभिन्न स्थानबाट झन्डै ४ लाखका सामान बरामद गरिएको छ ।

जिल्लाको बिभिन्न स्थानहरू भीमदत्त नगरपालिका–४ गल्ली नम्बर १, भीमदत्त–९ कुम्डाणी, भीमदत्त–११ भुजेला, भीमदत्त–१७ बासखेडा, दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर र पुनर्वास नगरपालिका–४ गुम्बाडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ९४ हजार ८१४ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun

उक्त मूल्य बराबरको चिनी, दाल, पेय पदार्थ, मोबिल, हेडसेट, साडी, टेन्टको कपडा, एलइडी टीभी, धाराको टुटी, हार्डवेयर, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...