कैलालीमा हात्तीपाइले रोग उन्मूलनका लागि सर्वेक्षण सुरु

कैलाली- कैलालीमा हात्तीपाइले रोग उन्मूलनका लागि लामो समय नियमित हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम लागु भएको छ । औषधी सेवनको प्रभावकारीताका लागि राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धी आइडिया ईम्प्याक्ट आईआईएस आईको सर्वेक्षण सुरु गरिएको हो ।

लगातार नौ पटकसम्म औषधी सेवन कार्यक्रम लागु हुँदा पनि कैलाली जिल्ला हात्तेपाईले रोग उन्मूलन जिल्ला हुन नसकेपछि तीन प्रकारको औषधी दुई वर्षसम्म थप सेवन कार्यक्रम लागु भएको थियो । ११ वर्षसम्म नियमित औषधी सेवन कार्यक्रम लागु गर्दा समेत रोगको भाइरस देखिन थालेपछि यो वर्ष औषधी सेवनको प्रभावकारिता परीक्षणका लागि हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख गौरी जोशीले बताए ।

Navadurga sun

उनले कैलालीको १३ वटा पालिकालाई दुई भागमा विभाजन गरी पालिकाका सम्भावित वडाहरूबाट नमुना सर्वेक्षण गरिने बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा र कैलाली जनस्वास्थ्य कार्यालयको आयोजनामा विभिन्न पालिकामा सर्वेक्षण कार्य सुरु गरिएको हो ।

घोडाघोडी नगरपालिकामा सोमबार वडा नम्बर १, २, ४, ६, ८ र १० वडामा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई सर्वेक्षणबारे जानकारी दिइएको छ ।

सर्वेक्षण कार्यक्रमको जिम्मा पाएको आरटीआईका सरोज महासेठले कैलाली जिल्लाबाट छ हजार तीनसय जना बिस वर्षभन्दा माथिका मानिसको रगत परीक्षणबाट हात्तीपाइले रोगको सर्वेक्षण गरिने बताए । ६४ जिल्लामा हात्तेपाईले रोग निवारण कार्यक्रम लागू भए पनि यो सर्वेक्षण पाँच जिल्लामा सुरु गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...