अत्तरिया- दशैंतिहार लक्षित सुरक्षाका लागि नेपालतर्फ कैलाली र कञ्चनपुरका शसस्त्र प्रहरीका अधिकारी र भारतको एसएसबीका अधिकारीहरु बिच भारतको गौरीफन्टामा समन्वयात्मक बैठकको आयोजना गरिएको छ ।
बैठकमा दशैं तिहार र छठ पर्व लक्षित सुरक्षा योजनाका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दल बहादुर पाण्डेले बताए । बैठकमा दुबै देशको सरक्षाको अवस्थाबारे खबर आदान प्रदान गरिएको छ ।
सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने, दशगजा अतिक्रमण हुन नदिने र सीमा स्तम्भहरुको सुरक्षा गर्ने, आपराधीक क्रियाकलाप नियन्त्रण गर्ने, सामान ओसारपसार, हातहतियार ओसारपसार, लागऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने विषयमा बैठकमा छलफल भएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका गणपती दलबहादुर पाण्डे, ३५ नम्बर गण कञ्चनपरका गणपती खगेन्द्र बहादुर चन्द, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३९ औं बटालियनका डिपुटी कमाण्डेन्ट विजयेन्द्र कुमार, गौरीफन्टा, फूलवारी, डोकेबजारका सशस्त्र प्रहरीका पोस्ट ईञ्चार्जहरु, भारतीय प्रहरीका गौरीफन्टा कोतवाली र प्रहरी पोस्टका ईञ्चार्जहरुको सहभागिता थियो । गौरीफन्टा नाका रातिको ८ बजे बन्द हुनेगर्छ ।
तर दशैंतिहारका बेला त्यो समय भन्दा पछि पनि सीमा नाकामा पुगेका नेपालीहरुलाई स्वदेश आउन सहजिकरण गरिदिने बारेमा पनि छलफल भएको थियो ।