अत्तरिया- दूग्ध विकास संस्थानले धनगढीमा दुधको बिक्री कक्ष संचालनमा ल्याएको छ । यहाँको किसानले उत्पादन गरेको दुध उपभोक्ता माँझ पुगाउने उदेश्यले आइतबार बाट धनगढीको भेटेरिनरी अस्पतालमा संस्थानले सो बिक्री कक्ष संचालनमा ल्याएको हो ।



संस्थानले उत्पादन गरेको दूध दही, घियु पनिर, लस्सी र रसभरीलाई सहज सरलरुपमा उपभोक्ता माझ पुयाउनका लागि धनगढीमा बिक्री कक्ष सुरु गरेको आयोजना प्रमुख निरन्जन भट्टराईले जानकारी दिए ।


बिक्री कक्षको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी मन्त्री बीर बहादुर थापाले कृषकले उत्पादन गरेको दूध बजारसम्म ल्याउने वातावरणका लागि मन्त्रालय अघि बढेको बताएका छन । विकट क्षेत्रका कृषकले उत्पादन गरेको दूधको नत डाटा छ न बजार यस्को सहजका लागी चालु आर्थिक बर्षको बजेटमा व्यवस्था गरिएको उनले बताए ।