कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोक गोदावरी नगरपालिका–२ तेघरी, गौरीगंगा नगरपालिका–६ वनबेहडा, भजनी नगरपालिका–९ भुरुवा र टीकापुर नगरपालिका–६ वेलुवाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ५४ हजार ७ सय ४५ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, साबुन, सुटपिस, कुर्ती, जुत्ता, चप्पल, टर्चलाईटको ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...