मोटरसाइकलमा माछा ओसारपसार गर्न दिन माछा व्यवसायीको अनुरोध

अत्तरिया- मोटरसाइकलमा माछा ओसारपसार गर्न दिन कैलालीका माछा व्यवसायीले अनुरोध गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा आज ज्ञापन पत्र बुझाँउदै उनीहरूले मोटरसाइकल तथा साइकलमा माछा ओसारपसार गर्न दिन अनुरोध गरेका हुन् ।

माछा व्यवसायी निर्प कुँवरले मोटरसाइकलमा एउटा टोकरी बाँधेर माछा ढुवानी गर्दा ट्राफिकले जरिवाना काटेर हैरान बनाउने गरेको बताए । माछा बेचेर दिनभरी  कमाई हुने सानो रकम पनि ट्राफिकको जरिवानामा जाने उनको गुनासो छ ।

Godawari sandesh
Navadurga sun

दिनभरी माछा बेचेर आम्दानी भएको रकम पनि जरिवानामा जाँदा परिवार पाल्न समेत गाह्रो भएको अर्का माछा व्यवसायी कृष्ण गिरीले बताए ।

Dadeldhura hospital

माछा व्यसायी संघ कैलालीका अध्यक्ष राम प्रसाद चौधरीले माछा व्यवसायीको दिनभरिको मिहिनेत जरिवानामै जाने गरेकोले यस्तो नगरिदिन ट्राफिक प्रहरीलाई अनुरोध गरे ।

ट्राफिकले लिने गरेको जरिवानाका कारण व्यवसाय नै धरापमा पर्ने उनको भनाइ छ । “दुर्घटना नै निम्तिने गरी हामीहरु ल्याउँदैनौ,उनले भने एक क्रेटमा १५/२० किलो जति हुन्क्छ।मोटरसाइकलमा यसरी बोक्न पाइदैन भनेर उहाँहरुले जरिवाना काट्नु हुनछ ।”उनले भने ।   पत्र बुझ्दै  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज बहादुर खड्काले कार्यालय प्रमुख समक्ष समस्या राख्ने बताए ।

गैरकानुनी रुपमा सामान बोक्दा दुर्घटना भएको खण्डमा ट्राफिकमाथि पनि प्रस्न उठ्ने हुँदा कानुनी रुपमा मोटरसाइकलमा वा दुई पाङ्ग्रे सवारीमा यसरी क्रेट बाँध्न नमिल्ने भएपनि व्यवहारीकता हेर्न ट्राफिकलाई अनुरोध गरिने उनले बताए ।

Loading...