सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक

धनगढी- ‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रेडअलर्ट जारी गरिएको छ । 

कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो । शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ । केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा  बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले यस अघि विशेष बुलेटिन जारी गर्दै आइतबार सम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ ।

प्राधिकरणले कैलाली र कञ्चनपुरमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन । डोटी र अछाममा रात्रिबस चलाउन रोक लगाइएको छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालय मार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ । 

Loading...