अवरुद्ध रहेको भीमदत्त राजमार्ग सुचारु

udhok dadeldhura

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार राति देखि राजमार्ग अवरुद्ध भएको थियो । 

राजमार्ग अवरुद्ध भए पछि सयौं यात्रु अलपत्र पर्नुका साथै बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका थिए । अहिले बाटो सुचारु भएर सवारी साधन गन्तव्य स्थानतिर जान लागेको प्रहरीले जनाएको छ ।

Loading...