रेडक्रस अत्तरिया उपशाखाले मास्क लगाउन प्रेरित गर्दै मास्क वितरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, २७ साउन- नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाको सहयोगमा नेपाल मास्क अभियान साउन २३ देखि २९ गतेसम्म कैलालीका विभिन्न उपशाखाहरुले आयोजना गरेको छ ।

Ganyapdhura gau

Navadurga sun

‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउनु प्रेरित गर्छु ।’ ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखाले अत्तरिया बजार क्षेत्रको इप्रका अगाडी र महेन्द्रगर रोडमा मास्क नलगाएका व्यक्तिलाई मास्क लगाउन प्रेरित गर्दै मास्क वितरण गरको हो ।

Dadhaldhura pur

तेस्रो लहरको कोभिड-१९ को संक्रमण बढ्न नदिनका लागी बिना मास्क हिड्ने पैदलयात्री, सवारी चालकहरुलाई मास्क वितरण कार्यक्रम गरेको रेडक्रस उपशाखाका सचिव भरत खड्काले जानकारी दिए ।

मास्क वितरण अभियान अन्तरगत भोलि (बिहीबार) २८ गते पहाड रोड र धनगढी रोडमा मास्क वितरण गर्ने कार्यक्रम रहेको उपशाखाका सचिव खड्काले बताए ।

उक्त मास्क वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेती डिएसपी प्रेम बहादुर शाही, इलाका प्रहरी कार्यालयका जवानहरु, अत्तरिया रेडक्रस उपशाखाका उपसभापति मन्जु साउँद, कोषाध्यक्ष कमल कडायत, सदस्य धर्मराज भट्ट, सहयोगीमा देवराज ओझा लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...