कैलालीको गोदावरी सहित चार पालिका जिटुजिमा छनोट

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका सरकार–सरकार (जिटुजि) मा छनोट भएको छ । नगरका बिभिन्न बिकास निर्माणका कार्यहरुमा नेपाल सरकारकै युएसएआईडी अन्तर्गतकै सरकार–सरकार (जिटुजि) संग सहकार्य गरेर अघि बढाईने भएका छन् ।

युएसएआईडीको तयार नेपालसंगको सहकार्यमा नगरपालिकामा ५ बर्षको समयमा सहजरुपमा छनौट गरेका योजनाहरु सफलतापुर्वक सम्पन्न भएकाले जिटुजिमा गोदावरी नगरपालिका छनोट भएको नगरप्रमुख बिरेन्द्र भट्टले बताए । उनले नेपाल सरकारसंग समुन्वय गरेर युएसएआईडी अन्तर्गतकै जिटुजिमा देशभरका चार पालिका संगसंगै गोदावरी पनि छनोट भएको बताएका छन् ।

udhok dadeldhura

गोदावरी सहित बिरेन्द्रनगर नगरपालिका सुर्खेत, राजापुर नगरपालिका बर्दिया, र निलकण्ठ नगरपालिका धादिङमा जिटुजिले बिकास निर्माणका कार्यक्रमहरु लागु गर्ने भएको छ । स्थानिय सरकारमा बजेट अभाव भईरहेको बेलामा जिटुजिले नगरको विकासमा थोरैपनि सहयोग गरेमा पालिकाको विकासका लागि सहज हुने उनले बताए ।

देशभरका ७५३ ओटा स्थानिय तहमध्ये गोदावरी लगायत चार ओटा पालिकामा जिटुजिले आगामि आर्थिक बर्षदेखी कार्यक्रम शुरु हुनेगरी अहिले योजना छनौट र सम्झौताको कार्य भईरहेको नगरप्रमुख भट्टले बताए । उनले गोदारीको आर्यघाट व्यवस्थापन, अत्तरिया स्थित लामिताललाई व्यवस्थीत गर्ने र अत्तरियामा पार्क निर्माण गर्ने योजना रहेको बताएका छन् ।

आगामि आर्थिक बर्षमा जिटुजि अन्तर्गत ५ करोड रुपैया नगरपालिकाले प्राप्त गर्ने भएको छ,त्यसमा ३३ प्रतिशत नगरपालिकाको रहने छ । उक्त ५ करोड र ३३ प्रतिशत थप हुन आउने रकम चार पाँच ओटा योजना बनाएर जुन आर्थिक बर्षमा कार्यक्रम सम्झौता हुन्छ सोही बर्ष सम्पन्न गर्नुपर्ने गरि जिटुजिको नियम अनुसार अगाढी बढ्नु पर्ने नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।

एडिबिले पनि गोदावरीमा सडक निर्माण कार्य अगाढी बढाउनुका साथै बिभिन्न बिकास निर्माणका कार्यहरुमा सहयोग गरिरहेको छ । स्थानिय सरकारको बजेटले नपुग्ने भएकाले पालिकाले यसरी बिभिन्न संघसंस्थासंग सहकार्य गरे अगाढी बढ्नुपर्ने अवस्था रहेको नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।

Loading...